नवनियुक्त सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक निष्पक्ष ढंगले चलाउने प्रतिवद्धता जनाएका छन ।
शनिवार बसेको प्रतिनिधिसभाको बैठकमा लिखित मन्तब्य दिदै सभामुख घिमिरेले प्रतिपक्षलाई पनि महत्वका साथ स्थान दिएर सभा सञ्चालन गर्ने जनाएका छन् । जेष्ठ सदस्यताको नाताले यसअघि सभा सञ्चालन गर्दैै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर राणालाई पनि धन्यवाद दिएका छन ।
उनले संसदलाई सम्वोधन गर्दै भनेका छन, ‘स्वस्थ र नीतिगत बहसलाई प्रतिनिधि सभामा उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिनेछ भन्ने सम्वन्धमा माननीय सदस्यहरुलाई विश्वास दिलाउन चाहन्छु ।’
उनी अगाडी भन्छन, ‘सभामुखको पद तटस्थ, निश्पक्ष र समन्वयकारी हुने भएकोले यो पदको गरिमा र शाखको अभिवृद्धि गर्नु मेरो संवैधानिक दायित्व हो भन्ने कुरामा म सदैव सचेत र क्रियाशील रहने छु ।’
उनका अनुसार संसदमा राजनीतिक दलहरुको बीचमा दार्शनिक, नीतिगत र कार्यक्रमिक प्रतिस्पर्धा हुनु यसको आधारभूत चरित्र नै हो, त्यसैले संसद प्रतिस्पर्धाको थलो पनि हो ।
‘
संसदमा हुने नीतिगत बहस विमर्श र स्वस्थ प्रतिस्पर्धा नै संसदीय व्यवस्थाको जिवन्तता हो । त्यस्तो स्वस्थ र नीतिगत बहसलाई प्रतिनिधि सभामा उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिनेछ भन्ने सम्वन्धमा माननीय सदस्यहरुलाई विश्वास दिलाउन चाहन्छु’ सभामुख घिमिरेले भने ।










