काठमाडौं । विचौलियाका रुपमा चिनिएका इनम सापकोटासँगको सम्बन्ध र सम्पर्कमा नाम मुछिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन् ।
मंगलबार (कात्तिक १७)बाट लागु हुने गरी उनी बिदामा बसेका हुन् ।
सर्वोच्च अदालतका अनुसार उनले कात्तिक २० गतेसम्मका लागि बिदा लिएका छन् । तर, बिदा लिनुको कारण भने खुलेको छैन ।










