दुई सातापछि प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक



१७ कात्तिक, काठमाडौं । १८ दिनपछि आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । दिउँसो ३ बजे बैठक बोलाइएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।

यसभन्दाअघि असोज ३० गते मन्त्रीपरिषद्को बैठक बसेको थियो ।

प्रकाशित मिति : कार्तिक १७, २०८३ मंगलबार  १२ : १० बजे