कञ्चनपुरबाट लागूऔषध विक्रीमा संलग्न एक जना पक्राउ



कञ्चनपुर, ७ माघ ।कञ्चनपुरमा लागूऔषध विक्रीवितरणमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ दुखतभुलीका महेशप्रसाद भट्टलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।

७३ ग्राम लागूऔषधसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति : माघ ७, २०७९ शनिबार  ८ : २२ बजे