मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुलुक अप्ठ्यारो अवस्थामा छ, राष्ट्रिय सहमति गरौँ : वरिष्ठ नेता पौडेल



२०७९ माघ १० ,काठमाडौं। प्रतिनिधिसभामा जारी अधिवेशनमा सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिने क्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति अहिलेको आवश्यकता रहेको बताएका छन्।

अहिले देशमा नेतृत्वको सङ्कट रहेको नेता पौडेलले बताएका छन्। नेतृत्वमाथिको अविश्वास चुलिएको अवस्था रहेको भन्दै राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन्। सबै मिलेर अघि बढे व्यवस्था र संविधान बचाउन सकिन्छ । अहिले राष्ट्रिय सहमतिको खाँचो रहेको बताएका छन्।

उनले लोकतन्त्र जकडिएको अवस्थामा रहेका भन्दै व्यक्तिको पूर्वाग्रह र विभाजित मानसिकताले लोकतन्त्र जकडिएको अवस्थामा रहेको बताएका छन्। देश अहिले असहज स्थितिमा रहेको हुनाले राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन्।

उनले भने ुराष्ट्रिय सहमति भन्ने वित्तिक्कै मैले आफ्नो लागि भनेको भन्ने नि लाग्न सक्छ । तर देश असहज स्थितिमा रहेको छ। अहिले कमसल अर्थतन्त्र, भूराजनीतिक दबाब र अपूर्ण शान्ति प्रक्रियाले राष्ट्रिय सहमति खोजिरहेको छ।ु

नेता पौडेलले देशलाई निकास दिन एवं संविधान र व्यवस्थाको रक्षाका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका हुन्। सभामुख र उपसभामुखलाई बधाई दिने क्रममा संसद् जिम्मेवारी सुझबुझका साथ चलाउने आस गरेको बताएका छन्।

उनले भने ु सभामुखको जिम्मेवारी चुनौतीपूर्ण रहेको छ। पक्ष(विपक्षलाई मिलाएर लैजाने चुनौती रहेको छ भने कहिलेकाहीँ विषयहरू अतिरञ्जित भएर पनि आउँछन्। त्यो बेलामा निर्णयहरू सुझबुझका साथ गर्नु पर्छ।ु

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  २ : ४२ बजे