मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेलिकप्टर पाइलटलाइ हातपात गर्ने युवक पक्राउ



कास्की, १० माघ हेलिकप्टर पाइलट रानेश डंगोलसँग अभद्र व्यवहार गरेको आरोपमा स्याङ्जा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा यामबहादुर गुरुङ, सुरेश श्रेष्ठलगायत ६ जना रहेका छन् । उनीहरूलाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माघ ५ गते खेल भइरहेको समयमा वालिङकै स्थानीय विनोद गैह्रे, उज्वल थापा, सुशील गिरी र खिमबहादुर रानाले खेलमैदानमा नै प्रभुको हेलिकप्टर अवतरण गर्न लगाएका थिए । हेलिकप्टर ल्यान्ड गरेपछि स्थानीय युवाले पाइलटमाथि हातपात गरेका थिए । सोही विषयलाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ७ : २२ बजे