मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चले आजदेखि अन्तिम सुनुवाइ गर्दै



उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आजदेखि अन्तिम सुनुवाइ सुरु गर्ने भएको छ।सर्वोच्चको संवैधानिक इजलासमा लामिछानविरुद्धको रिटमा सुनुवाइ हुनेछ ।

लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः खारेज भएको र पुनः नेपालको नागरिकता प्राप्त गर्न नागरिकता सम्बन्धी ऐन, २०६३ बमोजिमको प्रक्रिया पूरा नगरेको जिकिर रिट निवेदकको छ ।

पुनः प्राप्तिको प्रक्रिया नै पूरा नगरेका लामिछाने नेपाली नागरिक नरहेको र सांसद बन्न अयोग्य रहेको निवेदकको जिकिर छ ।

विदेशी नागरिकता त्याग्नुभन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : २५ बजे