११ माघ, काठमाडौं । सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ ।सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यको आत्मदाह र उनले उठाएको विषयबारे अध्ययन गरेर छानबिन गर्ने निर्णय गरेको हो ।
बैठकले यसबारे छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।मन्त्रिपरिषद्ले छानबिनको जिम्मा गृहमन्त्रालयलाई दिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।










