प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्न समिति गठन



आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयबारे अध्ययन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

बिहीबार गृह मन्त्रायका सह-सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो।

समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सदस्य छन् ।

आचार्यले उठाएका सबै विषयमा छानबिन गरी प्रतिवेदन तयार पार्न र सरकारले गर्नुपर्ने कामबारे सुझाव दिन समितिलाइ भनिएको छ ।

प्रकाशित मिति : माघ १२, २०७९ बिहिबार  ६ : ३३ बजे