काठमाडौं, १३ माघ । रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृह मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्न्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।
सर्वोच्च अदालतले रवि लामिछाने नेपाली नागरिक नरहेको फैसला गरेपछि उनको सांसद, उपप्रधानमन्त्री, मन्त्री र पार्टी सभापति पद गुमेको छ ।
लामिछानेले सरकारी निवास पनि छाडेका छन् ।सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै उनले सरकारी निवास छाडेका हुन् । उनी यतिबेला निजी निवास गएका छन् ।
लामिछाने राजीनामा बुझाउन उनी गृह मन्त्रालयबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि आफ्नो निजी गाडीमा गएका थिए ।










