मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा एटीएम फोड्न खोज्ने एक जना पक्राउ



भक्तपुर, १३ माघ । प्रहरीले एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई शुक्रबार पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन कोसिस गरेको आरोपमा भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नम्बर ३ ठकुरी गाउँं झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन् ।

उनले माघ ११ गते बुधबार राति नौ बजे एटीएमभित्र प्रवेश गरी मेशिन फुटाउन खोजेको र ९: २५ मिनेटमा असफल भई छाडी आएको देखिएकोले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले बताए ।

हाल मुक्तिनाथ विकास बैंकको गार्ड उनी सेक्युरिटी गार्ड गोर्खा योद्धा धम्बाराहीका रहेको जनाइएको छ । उनी २०६१ सालमा भर्ना भएका सशश्त्र प्रहरीको पूर्वकर्मचारीसमेत रहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १० : ३२ बजे