मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दिपलाई थुनामै फर्काउन माग गर्दै महान्यायाधिवक्ता कार्यालय पुग्यो सर्वोच्च



काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दायर गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयका सूचना अधिकारीले मंगलबार उच्च अदालत पाटनको आदेश विरुद्ध निवेदन दायर भएको जानकारी दिए ।

नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका लामिछानेलाई उच्च अदालतले जिल्ला अदालतको पुर्पक्षमा थुनामा राख्ने आदेश उल्ट्याउनु त्रुटिपूर्ण रहेको दाबी गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च गएको हो।

यसअघि लामिछानेलाई थुना राखी रहन नपर्ने भन्दै उच्च अदालतबाट लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ६ : २७ बजे