मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरबाट एकजना नक्कली परीक्षार्थी पक्राउ



भक्तपुर, १८ माघ । प्रहरीले भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट एकजना नक्कली परीक्षार्थी पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेस्थित ईजिवे ट्रायल सेन्टरमा दोलखा गौरीशंकर गाउँपालिका–५ का २५ वर्षीय युवराज खड्काको नाममा दुईपाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिने दोलखा गौरीशंकर– ५ कै २३ वर्षीय देवबहादुर श्रेष्ठलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

प्रहरी सहायक हवल्दार भुपेन्द्र कार्कीको टोलीले नियन्त्रणमा लिएको परिसरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिए ।

सोही घटनाको वास्तविक परीक्षार्थी युवराज खड्कालाई कार्यालयमा झिकाई थप अनुसन्धानको लागि कार्यालयको हिरासतमा राखिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १० : ५४ बजे