मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौं, १८ माघ । नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बिहीबार बिहान ९ बजेका लागि संसदीय कार्यसमितिको बैठक बोलाइएको बताए ।

कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो ।हाल रिक्त रहेको राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने नदिने भोलि बस्ने बैठकले टुंगो लगाउनेछ ।

राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : १० बजे