मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाठी प्रहार गरेर श्रीमानको हत्या, पाँच वर्षपछि बाहिरियो घटना



जाजरकोट, १८ माघ । भेरी नगरपालिका(६ की भद्रकला कामीले लाठी प्रहार गरेर पाँच वर्षअघि श्रीमान् ४७ वर्षीय काले कामीको हत्या गरेको पुष्टि भएको छ ।

२०७४ पुस ३० गते सिस्नेकी भद्रकला कामीले लाठीले हान्दा उनका श्रीमान‍्को मृत्यु भएको प्रहरीले जनाएको छ ।

भद्रकला र उनका छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घर नजिकै शौचालयको सेफ्टि ट्यांकीमा पुरिदिएको प्रहरीले जनाएको छ ।

प्रहरीले शव शौचालयमा पुरिएको अवस्थामा भेटाएको जाजकोटका प्रहरी प्रमुख सन्तोष निरौलाले बताए । उनका अनुसार शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा मंगलबार जाजरकोट प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी टोली घटना स्थलमा पुगेर शौचालयको खाडल उत्खनन गर्दा शव भेटिएको थियो ।

कालेको पुरै दाँत सहितको खप्पर ९टाउको०, प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्टभित्र मानव कंकाल फेला परेको छ ।

भद्रकला र उनका छोरा तुल्सीराम विकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : १९ बजे