मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट दायर



संविधान विपरीत निर्वाचनको मिति तय गरेको भन्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरणले बुधबार रिट दायर गरेका हुन्।

निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । रिटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्दा कानूनको उल्लङ्घन भएको उल्लेख छ ।

आयोगले आगामी फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते गर्ने उपराष्ट्रपतिका निर्वाचन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : ३१ बजे