अमेरिकाले आफ्नो देशका महत्त्वपूर्ण सैनिक क्षेत्रहरूको जासुसी गरेको आरोप लगाएको एउटा विशाल चिनियाँ बलुनलाई खसालेको छ।
अमेरिकी रक्षा मन्त्रालयले उसका लडाकु विमानहरूले अमेरिकी समुद्री क्षेत्रमा सो बलुन खसालेको बताएको छ।
राष्ट्रपति बाइडनले साउथ क्यारोलाइनाको तटीय क्षेत्र पार गरेको चिनियाँ बलुनलाई गोली हानेर खसाइदिने अमेरिकी पाइलटहरूलाई बधाई दिएका छन्।
पेन्टागनले उक्त कारबाही वैधानिक भएको बताएको छ। तर चीनले मौसम अवलोकनका लागि छाडिएको र बाटो बिराएको उक्त बलुनलाई खसाल्ने कार्यप्रति गहिरो असन्तुष्टि जनाएको छ।
उक्त बलुन गैर सैनिक भएको र मौसम अनुगमनका लागि छोडिएको चीनले बताएको छ । उक्त बलुन गैर सैनिक भएको र मौसम अनुगमनका लागि छोडिएको चीनले बताउँदै आएको छ।
अमेरिकी टेलिभिजनहरुमा देखाइएका भिडिओमा उक्त बलुन सानो विस्फोटनपछि समुद्रमा खसिरहेको देखिन्छ।
एउटा क्षेप्यास्त्रको सहाराले आकाशमा रहेको उक्त बलुन विरुद्ध लडाकु जेटले कारबाही अघि बढाएको थियो।
रक्षा अधिकारीहरूले अमेरिकि सञ्चारमाध्यमलाई त्यसको भग्नावशेष मटल बीच, साउथ क्यारोलाइना नजिकै ४७ फिट गहिरो पानीमा खसेको जनाएका छन्।
निशाना लगाइए लगत्तै त्यो सिधै समुद्रमा खसेको थियो र अमेरिकी अधिकारीहरूले झन्डै ११ किलोमिटरको क्षेत्रफलमा फैलिएको त्यसको भग्नावशेष खोज्ने प्रयास गरिरहेको जनाइएको छ।
भग्नावशेष सङ्कलनका लागि दुई वटा नौसैनिक पानी जहाज र एउटा क्रेन परिचालन गरिएको छ।
साउथ क्यारोलाइनाका अधिकारीहरूले यसअघि मानिसहरूलाई आफ्नै राइफल प्रयोग गरी उक्त बलुनलाई खसाल्ने प्रयास नगर्न अनुरोध गरेका थिए।
उक्त बलुन संवेदनशील क्षेत्रहरूको जासुसी गर्न प्रयोग गरिएको पेन्टागनको विश्वास छ।
खासै गहिरो नरहेकाले उक्त कारबाहीका लागि लामो समय नलाग्ने उनीहरूले अपेक्षा गरेका छन्।बिबिसिबाट














