काठमाडौं, २२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसँग भेटेर फेरि कुरा गर्ने बताएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारमाध्यमसँग कुरा गर्दै प्रधानमन्त्रीले रबि लामिछानेसँग फेरि भेटेर कुरा गर्ने बताएका हुन्। उनले भने, ‘मेरो कोसिस त थियो–राष्ट्रिय सहमति नै गरौं भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो। अदालतको निर्णय पनि पक्कै पछि उहाँहरुलाई केही असहजता त भएकै थियो। अब उहाँसँग फेरि भेटेर कुरा गर्छु।’
उनले थपे, ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन। भर्खरै सुनेँ। मैले बिहान उहाँसँग भएको कुरा अनुसार सरकारलाई समर्थन फिर्ता चाँही होइन। मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नु हुन्थ्यो। फेरि हामी छलफल गर्छौं। यसलाई हल गर्नेतिर नै जान्छौं।’
राष्ट्रिय स्वतन्त्र पार्टीको आज९आइतबार० बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ।










