प्रधानमन्त्री प्रचण्ड र दलका प्रमुख सचेतकहरूको छलफल सुरु



काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरुसँग सामुहिक छलफल सुरुभएको छ ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने बिजेनसका बारेमा राय लिने छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संसदको आगमी बैठकलाई प्रभावकारी रुपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलाईएको हो ।

प्रकाशित मिति : माघ २३, २०७९ सोमबार  ९ : ५७ बजे