राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी दुरुपयोग गरेको दाबीसहित युवराज पौडेलले सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी दर्ता गरेका छन् ।
प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको भन्दै उनले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा निदेवन दिएका हुन्।
लामिछानेले अमेरिकी नागरिक रहेका बेला जानीजानी झुटो विवरण पेश गरेर नेपाली राहदानी लिएको हुँदा तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख)अनुसार पाँच वर्षसम्मको कैद र हदैसम्मको जरिवाना हुने गरी मुद्दा चलाउन उनले माग गरेका छन्। निवेदनमा प्रहरीलाई उजुरी दर्ता गरेर अनुसन्धानका लागि आदेश दिन माग गरेका छन् ।










