सुदूरपश्चिम प्रदेशसभा बैठक सरेको छ । नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएसम्म मत नदिने अडान कायमै राखेपछि सहमतिको प्रयासका लागि बिहनज ११ बजेका लागि तय भएको बैठक ४ बजेसम्मका लागि सारिएको हो ।
प्रदेशसभा सचिव देवबहादुर बोगटीले बैठक ४ बजेसम्मका लागि सारिएको जानकारी दिए ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज अन्तिम दिन सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत लिदै छन् ।










