आइएमई पे र श्रीयोग कन्सल्टिङवीच सम्झौता



माघ २६ २०७९, काठमाडौँ । आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रा.लिवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पेश्रीयोग डट कमकोडिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ ।

श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उदेश्यका साथ सम्झौता गरिएको हो । श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नेछन् ।

यहीँ फेब्रुअरी ८ देखि संचालनमा रहने योसम्झौता पश्चात आम सेवाग्राहीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने वानीको विकाश हुँदै जाने बताइएको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ४ : ४० बजे