काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने बताएको छ ।
पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि नयाँ सहमति भए सरकारमा जान तयार रहेको तर, अहिलेकै अवस्थामा भने सरकारमा जाने सम्भावना नरहेको निश्कर्ष निकालेको छ ।
आजको बैठकले केन्द्रीय समिति पनि विस्तार गरेको छ। बैठकले १६ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको हो। १६ जना थपिएसँगै रास्वपाको केन्द्रीय समिति ४० सदस्यीय बनेको छ। आजको बैठकले निशा मेहता, विन्दवासिनी कंसाकार, रूपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्रीलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो ।










