काठमाडौं फागुन ८ । बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए।
ब्युरोले रेग्मीलाई आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
उनी थाइल्यान्डबाट फर्किँदै थिए। यसअघि रेग्मीले विद्युतीय माध्यमबाट आफूहरूको चरित्र हत्या गरेको भन्दै विभिन्न कलाकारहरूले ब्युरोमा उजुरी दिएका थिए।
तिनै उजुरीबारे अनुसन्धान गर्न अदालतबाट पक्राउ पूर्जी ल्याएर रेग्मीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।
रेग्मीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको एसपी रायले बताए।














