फाल्गुन १२ काठमाडौं । चार राजनीतिक दलका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवासमा बसिरहेको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीकाअध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थिति रहेको छ।
राष्ट्रपति उम्मेदवार चयनका विषयमा छलफल गर्न बैठक बसिरहेको हो । यसअघि बुधबार र बिहीबार प्रधानमन्त्रीले यी दलसँग छुट्टाछुट्टै छलफल गरेका थिए । राष्ट्रपतिमा नेकपा एसबाट माधवकुमार नेपाल र कांग्रेसको दाबि छ ।










