फाल्गुन १२ काठमाडौं । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच बालुवाटारमा वार्ता सुरु भएको छ ।
निर्वाचन अघिको गठबन्धनका चार दलबीचको छलफलपछि प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच वार्ता सुरु भएको हो ।
चार दल राष्ट्रपति र उपराष्ट्रपतिमा सहमति नजिक पुगेको बताइएको छ । आजै साँझ पाँच बजे बसेर सहमतिलाई औपचारिकता दिने तयारी छ ।
सरकार गठन हुँदा सभामुख र राष्ट्रपति एमालेलाई दिने बताएपनि पछिल्लो समय माओवादी केन्द्र पुरानै गठबन्धन ब्यूँताउन लागेको छ ।










