एमाले सचिवालय बैठक जारि, सरकारबाट बाहिरिने बारेमा छलफल



काठमाडौँ, १३ फागुन । नेकपा (एमाले)को सचिवालय बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरू भएको एमाले कार्यलय सचिव डा भीष्म अधिकारी जानकारी दिए ।

उनका अनुसार बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।

हिजोमात्रै कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेसँगै एमाले०को सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गर्ने सम्भाबना छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०७९ शनिबार  १० : ३८ बजे