एमाले अध्यक्ष ओलिले भ्रम फैलाएको सरकारको दाबि



काठमाडौँ, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुस्ताङमा विश्वविद्यालय स्थापना गर्नका लागि भारतलाई अनुमति दिएको भन्ने दाबि झुठो र भ्रमपूर्ण रहेको सरकारले बताएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री तथा सूचना मन्त्री रेखा शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले विद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको जनाइएको छ।

‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद छ। परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन।’

विज्ञप्तिमा पूर्वप्रधानमन्त्री ओलीले ुभ्रमपूर्णु अभिव्यक्ति दिएर परराष्ट्रनीतिमाथि आँच आउने कार्य गरेको उल्लेख छ । मन्त्रालयले यसबारे अध्ययन गर्ने पनि जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २१, २०७९ आइतबार  ८ : १७ बजे