काठमाडौं । आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हँुदैछ ।नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।राष्ट्रपति निर्वाचनको अन्तिम नामावली अनुसार १४ राजनीतिक दलकासहित स्वतन्त्र र मनोनीत सांसदहरू मतदाता रहका छन् । जसअनुसार प्रदेशका ५५० र संघीय संसद्का ३३२ गरी कुल ८८२ जनाले मत हाल्न पाउनेछन् ।
बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।
नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा ९एमाले० का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
निर्वाचन सकिएलगत्तै मतगणना सुरु हुने आयोगले जनाएको छ । साँझ ७ बजेसम्ममा सात नतिजा सार्वजनिक गर्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।










