काठमाडौं, २५ फागुन । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
बिहीबार भएको मतगणनामा पौडेलले नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।
जम्मा खसेको मतभार ४९ हजार ३ सय २० मतमध्ये पौडेलले ३३ हजार ८ सय २ मत पाएका छन्। उनका प्रतिद्धन्दी रहेका नेकपा सुवाशचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मत प्राप्त गरेका छन्।
मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।










