काठमाडौं । उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् ।
उनले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे ।
एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशसभातर्फ १६९ र संघतर्फ १०४ मत प्राप्त गरीन् ।










