मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटारमा सत्तारुढ गठबन्धनको निर्णायक बैठक



काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेस नेतृत्वको १० दलीय सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ।

बालुवाटारमा सुरु भएको बैठकमा मन्त्रिपरिषद्‍ विस्तारका लागि सत्ता गठबन्धनका दलहरुले पाउने मन्त्रालयको भागबण्डा टुङ्गो लाग्ने बताइएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, लोसपाबाट शरत सिंह भण्डारी, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आजपाका अध्यक्ष प्रभु साह, लोसपा अध्यक्ष महन्थ ठाकुर, नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनमतका अध्यक्ष सिके राउतलगायतका नेताहरु सहभागी रहेका छन्।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ५ : ३५ बजे