चैत्र १५ काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। आजको बैठकका लागि सम्भावित कार्यसूची पनि तय गरिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८र०७९ पेस गर्ने छन्। यस्तै आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।










