काठमाडौं, १५ चैत्र । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालय भागबण्डाकोबारेमा छलफलका लागि बैठक सुरु भएको हो ।
हिजो बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि आज विहानैदेखि दलहरु छलफलमा जुटेका हु्न् ।
प्रधानमन्त्रीले दुई तिहाइभन्दा बढी मन्त्रालय एक्लै सम्हालेको महिना दिन बित्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै आएको छ ।
लामो समयदेखि प्रधानमन्त्री प्रचण्डसँग १६ वटा मन्त्रालयको जिम्मेवारी छ । गठबन्धनका सबै दलले भागबण्डा खोजेपछि प्रचण्ड पनि समस्यामा छन् ।










