मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँगाचोकगढिमा विद्यार्थीहरुले सञ्चालन गरे ‘समुदाय स्वास्थ्य निरुपण’ अभियान



काठमाडौँ, १५ चैत । त्रिभुवन विश्वविद्यालय अन्तरगत महाराजगञ्ज मेडिकल क्याम्पसका विद्यार्थीहरुले सिन्धुपाल्चोक साँगाकचोगढि नगरपालिका भित्र ‘समुदाय स्वास्थ्य निरुपण’ अभियान सञ्चालन गरेका छन् ।

स्थानीय सरकारसँगको समन्वयनमा विद्यार्थीहरुले करिव एक महिनासम्म साँगाचोगढि नगरपालिका भित्रका घरघरमा पुगेर खानेपानी पानी, खानपान, सरसफलाई र स्वास्थ्य स्थितिको विषयमा प्रतिवेदन तयार पार्ने अभियानमा सहभागी विद्यार्थी सन्तोष उप्रेतीले जानकारी दिए ।

विभिन्न १० समूहमा विभाजित भएर दशदश जनाका समूहमा १०० जना विद्यार्थीहरु प्रत्येक वडावडामा पुगेका छन् । उनीहरुलाई त्यहाँका स्थानीय सरकार र स्थानीय वासिन्दाले सहयोग गरेका छन् ।

अभियानमा पुगेका विद्यार्थीहरुले वडा नं १३ को सामाजिक नक्सा समेत निर्माण गरेका छन् । स्थानीय स्रोत साधनको प्रयोग गरी सेतिदेवी माध्यमिक विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी र स्थानीय जनप्रतिनिधिको समेत सहयोगमा सामाजिक नक्सा तयार पार्न सफल भएको उप्रेतीले जानकारी दिए ।

विभिन्न दश समूहमा विभाजित विद्यार्थीहरुको सन्देश आचार्य, सुजल पौडेल, विपेश बोलखे, सन्तोष उप्रेती, अभय आचार्य, अभिषेक आचार्य, निजन शर्मा, जेनिस केसी, नियोन्सी शर्मा र समिक्षा पान्डेले नेतृत्व गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ८ : ४२ बजे