मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, नँया मन्त्रीको टुंगो लगाउने तयारी



काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। आजको बैठकबाट नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उमेदवार टुंगो लगाउने तयारी गरेको छ । तेस्तै आजकै बैठकबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम तय हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको टुंगो लगाएको थियो। प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डले बिहीबार नै मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ८ : ४४ बजे