मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा



अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टी छाडेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले भन्नुभएको छ, “विसं २०४२ को ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु, त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्षरूपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेँ ।”

उनले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै विसं २०८० को सुरुआतसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय रहने बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ७ : ३८ बजे