चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता



चैत्र २० चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन् ।

आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन् ।

१० वैशाखमा चितवन(२, बारा(२ र तनहुँ(१ मा उपनिर्वाचन हुँदै छ । जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ ।

प्रकाशित मिति : चैत्र २०, २०७९ सोमबार  १२ : १० बजे