२० चैत काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०र१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको थानीले बताए ।
मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा बिक्री हुनेछ ।










