राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ। बैठकले अडियो प्रकरणका कारण विवादमा आएका सांसद डा। ढाकाकुमार श्रेष्ठबारे निर्णय लिँदै छ।
बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसद ढाकाप्रसाद श्रेष्ठसँग विवादास्पद अडिओका विषयमा छलफल गरेका छन् ।
मन्त्री बन्न कोर टिमलाई दुई करोड बुझाउनुपर्ने भन्दै श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको टेलिफोन संवादको अडिओ सार्वजनिक भएको छ । जसले श्रेष्ठले इन्कार गरेका छन् ।
सोही विषयमा रास्वपाको अनुशासन तथा आचरण समितिले अध्ययन गरेर सभापति लामिछानेलाई मंगलबार बुझाइसकेको छ । यसबारे निर्णय लिन बुधबार बोलाइएको केन्द्रीय समिति बैठकअघि सभापति लामिछानेले श्रेष्ठसँग छलफल गरेका हुन् ।
सभापति रवि लामिछाने र उपसभापति डोरप्रसाद अर्यालले सांसद डा. श्रेष्ठसँग छलफल गरेका हुन् । आफूलाई कारबाही गरिए कोर टिमबारे सार्वजनिक गर्ने सांसद श्रेष्ठले चेतावनी दिएको भन्दै समाचार आइरहेका छन् ।










