आजको राष्ट्रिय सभा बैठक स्थगित



काठमाडौं, ३० चेैत । बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ ।

बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार स्थगित बैठक ४ वैशाख सोमबार दिउँसो १स्०१ बजे बस्नेछ ।

प्रकाशित मिति : चैत्र ३०, २०७९ बिहिबार  ९ : २३ बजे