प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



वैशाख ३, काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

संघीय संसद्का महासचिव डा। भरतराज गौतमका अनुसार आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।

आजको बैठकमा राष्ट्रियसभाबाट सन्देशसँगै प्राप्त भएको ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

अन्य दुई विधेयक र एक शोक प्रस्ताव पनि आजको बैठकमा पेस हुनेछ ।

प्रकाशित मिति : बैशाख ३, २०८० आइतबार  ८ : ५४ बजे