काठमाडौं, १९ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्कालै कांग्रेसले आफ्नो कार्यशैलि बदल्नु पर्ने बताएका छन् । नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमितिले मन्थलिमा आयोजना गरेको भेटघाट कार्यक्रम बोल्दै सिंहले अब तत्कालै नीति अधिबेशन गरेर बदलिएको परिस्थितिमा कसरी जान उपयुकत हुन्छ गहन समीक्षासहित अबको बाटो तय गरिनुपर्ने बताएका हुन् ।
परम्परागत प्रचार र पार्टि निर्माण शैलीले मात्रै आगामी चुनौति सामना गर्न नसकिने भन्दै नया पुस्ताको भावना र चाहाना समेटेर अघि बढ्नुको बिकल्प नरहेको उनले उल्लेख गरे ।
पार्टि सुधारको एउटै बिकल्प विधिसम्वत पार्टि सचालनका लागि गम्भीरताका साथ लाग्नुपर्ने सिंहले बताए। अहिले एक अर्कोको कुरा काट्ने र पार्टिकै नेताहरु बिरुद्द सामाजिक संजालमा बिषबमन गर्ने प्रबृत्तिले कसैको हित नहुने भन्दै अनुसानको ख्याल गर्न पनि उनले आग्रह गरे ।
पछिल्लो समय पार्टिभित्र मुल्यांकन पद्दति नभएकाले दुख गरेका नेता पाखा पर्दै गएको भन्दै उनले मुल्यमान्यताको राजनीति छाडेर पावरबेस पोल्टिकसमा गएकाले कांग्रेसका लागि जटिलता बको सिंहले दाबि गरे ।
कार्यक्रममा कांग्रेस नेता तथा अधिबक्ता राधेश्याम अधिकारी, कांग्रेस रामेछापका पुर्ब जिल्ला सभापति लवश्रि नेउपाने लगायतले बिचार राखेका थिए । कार्यक्रम नेपाली कांग्रेस रामेछापका कार्यबाहक सभापति लेख बहादुर कार्किको सभापतित्वमा भयको हो ।
रामेछापमा रहदा नेता सिंहलाई उधोग बाषिज्य संघ रामेछापका पदाधिकारीहरुले स्वागत गर्दै उधोगिले आफ्ना समस्या तथा माग पत्र समेत प्रस्तु गरेका थिए ।










