मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनए यूरोपेली सम्मेलन



प्राग, २५ वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औँ क्षेत्रीय सम्मेलन १४ बुँदे प्राग घोषणापत्र जारी गर्दै समापन भएको छ । चेक रिपब्लिकको राजधानी प्रागमा ५, ६ र ७ मेमा ३ दिनसम्म चलेको सम्मेलनले १४ बुँदे प्राग घोषणापत्र जारी गरेको छ ।

सम्मेलनमा प्रमुख अतिथिको रुपमा परराष्ट्रमन्त्री नारायण प्रकाश ९एनपी० साउद, विशिष्ट अतिथिको रुपमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, नेकपा माओवादीका नेता तथा संविधान सभा सदस्य खिमलाल देवकोटा लगायतको विशेष उपस्थिति थियो । सम्मेलनमा भएका विभिन्न सत्रमा उपस्थित प्रतिनिधिहरु स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रकृया, एनआरएनए विधान र राष्ट्रिय समन्वय परिषद्हरु बीचको सञ्जालको बारेमा छलफल भयो ।

सम्मेलनमा राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन, महिला सम्मेलन, एनआरएनबीचको ब्यापक एकता ९मिलाप०, एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रवर्द्धन, १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदानको अधिकार, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण लगायतका विषयमा समेत व्यापक छलफल भयो । विश्वका ३९ देशका करिब ३०० प्रतिनिधिहरु सहभागी भएको सम्मेलनमा उपस्थित प्रतिनिधिहरुको सुझावका आधारमा प्राग घोषणापत्र जारी गरिएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ९ : २० बजे