सत्ता गठबन्धनको बैठक सिंहदरवारमा सुरु



२ जेठ, काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक सिंहदरवारमा सुरु भएको छ ।

सरकारको नीति तथा कार्यक्रमका बारेमा सत्ता साझेदार दलसँग राय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक सुरु भएको हो। सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।

सो बैठकमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायत सत्ता साझेदार दलहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : जेष्ठ २, २०८० मंगलबार  ३ : ३७ बजे