काठमाडौं-तराई फास्ट ट्रयाक आगामि चार वर्षभित्र सम्पन्न गर्ने घोषणा



काठमाडौं, ५ जेठ । काठमाडौं-तराई फास्ट ट्रयाकको चार वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सरकारले घोषणा गरेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८०र८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन्।

उनले विसं २०८३ भित्र फास्ट ट्रयाकको निर्माण कार्य सकाइने र पूर्वाधार निर्माण समयमै सम्पन्न गर्न दुई सिफ्टमा काम हुने व्यवस्था मिलाइने बताए।

प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार  ५ : ४५ बजे