प्रतिनिधिसभाको बैठक बस्दै,नीति तथा कार्यक्रममाथि छलफल



जेठ ७, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ः०० बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०र८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न जेठ ७, ८, ९, १० र ११ गतेका दिनहरु तोकिएको सचिवालयले जनाएको छ ।

छलफलमा सांसदले उठाएका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।

प्रकाशित मिति : जेष्ठ ७, २०८० आइतबार  ८ : ५२ बजे