काठमाडौं, ७ जेठ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारी एक दिन कानूनी कारबाहीमा पर्छ भन्ने स्थापित गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले कुनै पनि कालखण्डका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही गर्न साझा इच्छाशक्ति बनाउन पनि प्रस्ताव गरेका छन्।
प्रतिनिधि सभाको आज ९आइतबार० को बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘एक पटक इच्छाशक्ति देखाऔँ। यसलाई साझा इच्छाशक्ति बनाऔँ। भ्रष्टाचारी एक दिन कानुनी कारबाहीमा पर्छ भन्ने स्थापित गराऔँ।’
यद्धपी उनले सरकारले सबै प्रकारमा भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने आफूहरुलाई विश्वास नलागेको आरोप लगाए । उनले भने, ‘भ्रष्टाचारको सबै विषयलाई कानुन दायरामा ल्याउनेछ। यस्ता वाक्यहरू छन् तर, सरकार आफै भ्रष्टाचार र विकृतिबीच दुबिधा र भ्रम सिर्जना गरेर भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धताबाट उम्किन खोजेको देखिन्छ।’
आलिले कालापानी क्षेत्रमा भारतले स्थायी संरचना बनाइरहेको विषयमा सरकारसँग जवाफ माग गरे।
आइतबार नीति तथा कार्यक्रमाथि धारणा राख्दै अध्यक्ष ओलीले कालापानी क्षेत्रमा भारतले संरचना बनाइरहेको दाबी गर्दै त्यसबारे जवाफ दिन सरकारको ध्यानाकार्षण गराएका हुन्।
ओलीले जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्दै भने, ‘कालापानी क्षेत्रमा संरचना बन्न लागेको कुरा के होरु यसको यथार्थ जानकारी गराउन प्रधानमन्त्रीलाई आग्रह गर्दछु। भारतसँग खुला दिलले कुरा गर्नुपर्छ, चिसो मनले होइन।’










