मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युक्रेनद्वारा रुसको दाबी अस्वीकार



कीभ, ८ जेठ, (रासस/एएफपी) । मस्कोले रुसको बेलगोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको बताएपछि युक्रेनले सोमबार रुसी भूभागमा घुसपैठमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ ।

युक्रेनले रुसको बेल्गोरोड क्षेत्रका घटनाहरूलाई चासोका साथ हेरिरहेको र विकसित अवस्थाको अध्ययन गरिरहेको ।,ू युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले बताए । युक्रेनले यसअघि रुसको भूभागमा भएको कयौं तोडफोड आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो।

रुसले यसअघि युक्रेनबाट बेल्गोरोड क्षेत्रमा तोडफोड गर्ने समूह प्रवेश गरेको र रुसी सेना र एजेन्टहरूले उनीहरूलाई ू निश्तेजू पार्ने प्रयास गरिरहेको बताएको थियो।यता पोडोल्याकले भने त्यस्ता गतिविधिमा रूसी गुरिल्ला समूहहरूू जिम्मेवार हुन सक्ने बताए।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ९ : ४६ बजे