मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फरार प्रतिवादी धमाधम पक्राउ



झापा, १० जेठ । जिल्ला प्रहरी कार्यालय झापाले आपराधिक घटनाका फरार प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा मात्र एक सय ३२ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ परेका प्रतिवादीलाई अदालतको आदेशानुसार कतिपयलाई जरिवना लिएर छाडिदिएको छ भने कतिपयलाई कैद भुक्तानका लागि जिल्ला कारागार झापामा पठाइएको उनले जानकारी दिए । उनले पक्राउ गरिएकामध्ये एक सय १८ पुरुष र १४ महिला भएको बताए । अपराधका २६ मुद्दामा पक्राउ परेकामध्ये सबैभन्दा बढी चोरी घटनामा संलग्न रहेको पाइएको छ । आर्थिक वर्ष २०७९/८० को पुसदेखि वैशाखसम्ममा चोरी घटनामा २१, लागुऔषधमा २०, कीर्तेजालसाजीमा ११, वनसम्बन्धी मुद्दामा ११, सवारी ज्यान मुद्दामा १० जना छन् ।

प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्न विशेष सक्रियता बढाएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए । विभिन्न आपराधिक घटनामा संलग्न भएर अदालतबाट दोषी ठहर भइसक्दासम्म फरार रहेकालाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको उनको भनाइ छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ११ : ५६ बजे